शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

काठमाडौं आइपुगे पूर्वराजा, विमानस्थलको मुख्य गेटमा समर्थकले गरे स्वागत



17:06 आईतवार २५ , फाल्गुन २०८१

इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी पोखराबाट समिट एयरको विमान चार्टर्ड गरेर काठमाडौं आएका हुन् । पूर्वराजाको स्वागतमा हजारौं समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् ।

पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ । प्रहरीले कसैलाई पनि पस्न दिएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् ।

Featured News

Advertisement