शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

सात महिनामा भित्रियो नौं खर्ब रेमिट्यान्स



18:33 सोमबार २६ , फाल्गुन २०८१

इटहरी । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतशितले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भइ नौ खर्ब ५८ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ४५ हजार ४३२ र एक लाख ५७ हजार ४५ रहेको थियो।

Featured News

Advertisement