शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : डा. सीके राउत



12:22 मंगलवार २७ , फाल्गुन २०८१

महोत्तरी । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले राजतन्त्रवादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने बताएका छन ।

सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएता पनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे । ‘हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ ।’ अध्यक्ष डा. राउतले भने, ‘जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौं तर समाजवादी गणतन्त्र भने हैन ।’

महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्य सम्पादन कमजोर भएकै कारण राजतन्त्रवादीहरुले टाउको उठाएको पनि दावी गरे । सुशासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरु नै सुध्रनु पर्ने धारणा राखे ।

अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनलाई लिएर भने फरक मत राखेका छन । प्रदर्शन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवश्यक भएको दो¥याए ।

Featured News

Advertisement